aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समीट लघुवित्तले लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
समीट लघुवित्तले लाभांश नदिने

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष शेयरधनीहरुको हात खाली बनाउने भएको छ । कम्पनीले शुक्रवार सुचना जारी गर्दै गत आर्थिक वर्ष २०७६/७७ का लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी दिएको हो ।

गत वर्षको वित्तीय विवरण र सो सम्बन्धि अनुसूचीहरु प्रकाशन गरी स्वीृकतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय कम्पनीको असोज १ गतेको सञ्चालक समितिको बैठकले गरेको छ । 

सजिलो लघुवित्तलाई आफुमा गाभ्न लागेको यस कम्पनीले सो सम्बन्धि प्रस्ताव गत असार २१ गते विशेष साधारण सभा मार्फत पारित गरीसकेको छ । हाल रू. २५ करोड ४३ लाख चुक्तापूँजी रहेको समीट लघुवित्तले रू. १४ करोड चुक्तापूँजी रहेको सजिलो लघुवित्तसँग मर्जर प्रकृयामा जान लागेको हो । मर्जर पश्चात कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ४३ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस