aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महिला सहयात्रा लघुवित्तको नगद लाभांश वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
महिला सहयात्रा लघुवित्तको नगद लाभांश वितरण

 काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले भदौ १३ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित कर सहितको उक्त नगद लाभांश भदौ २८ गतेदेखि वितरण गर्न सुरु गरेको हो । कम्पनीले शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश वितरण गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७ दशमलव ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको थियो ।  साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले गत चैत ४ गते बुक क्लोज गरेको थियो ।

 बुक क्लोजको आधारमा चैत ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् । कम्पनीले नगद लाभांश बैंक खातामा जम्मा गर्ने हुँदा आफ्नो बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस