aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाईटेड इदी–मर्दीले असोज ७ गतेदेखि स्थानियलाई आईपीओ विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
युनाईटेड इदी–मर्दीले असोज ७ गतेदेखि स्थानियलाई आईपीओ विक्री गर्ने

काठमाडौैं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि रू. ४ करोड २० लाख बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ ।

कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्य पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री खुला गर्नेछ । 

स्थनियका लागि जारी गरेको यस आईपीओ छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ६ गतेसम्म विक्रीमा रहनेछ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजारकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वषृ २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस