aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तारागाउँ रिजेन्सीको १२.६३१ प्रतिशत लाभांश पास होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
तारागाउँ रिजेन्सीको १२.६३१ प्रतिशत लाभांश पास होला ?

 काठमाडौं । विवादको घेरामा रहेको तारागाउँ रिजेन्सी होटल्सले २२ औं वार्षिक साधारण सभा शुक्रवार गर्ने भएको छ छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन पारित गर्नुका साथै गत वर्षको मुनाफाबाट लगानीकर्ताका लागि १२.६३१ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने सञ्चालक समितिको प्रस्ताव छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३ गतेदेखि बुक क्लोज गरेकाले बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सदस्यहरुले सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो होटलमा भएको सरकारी लगानी ४० प्रतिशतबाट ९ प्रतिशतमा झर्नु र सर्वसाधारणले पनि होटलमा गरेको लगानीबाट प्रतिफल नपाउनुले नै यो होटल पछिल्लो समय पटक पटक विवादमा तानिएको छ । 

हायातको हकप्रद शेयर नै गैरकानुनी

२०४९ सालमा होटल स्थापना अघि भएको सम्झौताअनुसार यो होटलमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड र निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी रहेको उल्लेख छ ।

सरकारी लगानी डुबाउने हायातलाई सरकारबाटै पुरस्कार, शेयर संरचना पेश नगर्दा नवीकरण फेल भएको होटल कसरी भयो पुरस्कृत?

कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो । अहिले होटलको सेयर संरचना पटकपटक परिवर्तन भइसको छ । होटलले पछिल्लो विवरणमा बैंक तथा वित्तीय संस्थाको सेयर ५४.७३ प्रतिशत देखाएको भए पनि यो सेयर सबै सराफसहितको टोलीले खरिद गरिसकेको उल्लेख छ ।

यस्तो छ हायात रिजेन्सीका लगानीकर्ताले लाभ नपाउनुको कारण !

होटलले पछिल्लो समय होटलमा सरकारी समितिको ९.१, संयुक्त लगानी साझेदार (राधेश्याम सराफ र श्रेष्ठसमूह)को २६.८, सर्वसाधारणको १०.१८ र बैंक तथा वित्तीय संस्थाको ५४.७३ प्रतिशतको शेयर संरचना देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस