
काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले ‘सुजुकी दशै तिहार अफर’ प्रारम्भ गरेको छ । ‘चाडपर्व सबैको हौसला हाम्रो’ भन्ने नाराका साथ कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।
यस अन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ्ग म्यानेजर समित सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस