aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनः विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनः विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने

 काठमाडौं ।  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व  स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ । भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने समितिका अध्यक्ष डाः संजिव सापकोटाले बताए । शुक्रबारदेखि सम्मेलनमा विश्व नेपाली घोषणा पत्रमाथि छलफल सुरु भएको छ । त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ bले पारेका असर लगायत विषयमा चरणबद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेका छन् ।  

 सम्मेलनको अवसरमा विश्वमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुबीच अनुभवको आदानप्रदान, सचेतनाका कार्यक्रम, नेपाली किशोरकिशोरीहरुको अनुभव लगायत विषयमा कार्यक्रमहरु राखिएको छ । त्यस्तै आप्रवासी नेपालीहरुको स्वास्थ्य अबस्था, कोरोनाले मानसिक स्वास्थ्यमा परेको असर, यसबाट बच्ने उपाए लगायत विषयमा छलफल राखिएको छ ।‘ 

गत वर्षको सेप्टेम्बर २०, २१ र २२ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । समितिका अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैँमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपनि उत्तिकै आबश्यक ठोर दोस्रो सम्मेलन सुरु गरिएको बताए ।  

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नै दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु गरिएको हो । उक्त सम्मेलनले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्नेछ ।  

३ दिनसम्म उक्त घोषणा पत्रमाथि छलफल गरिने । सबैका राय सुझाव समेटेर र आइतबार उक्त घोषणा पत्र जारी गरिने डा.सापकोटाले बताशशशशउ । घोषणा पत्रमा आबश्यक कुराहरु पुन थप गर्न सकिने पनि उनले जानकारी दिए ।  

 
विश्व नेपाली स्वास्थ्य घोषणा पत्रमाथि छलफल शुरु  

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु भएको छ । भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डाः संजिव सापकोटाले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्रको ड्राफ्ट प्रस्तुत गरे  ।  

घोषणा पत्रको ड्राफ्ट प्रस्तुत गर्दै डाः संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक अधिकार भएको बताए । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि हामीलाई स्वास्थ्य नभई बाँकी अरु केही पनि हुँदैन भन्ने कुरा सिकाएकाले स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने डाः सापकोटाले जोड दिए ।  

‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडी, लगायत विश्वका विभिन्न मुलुकहरुमा ५ हजारभन्दा बढी डाक्टरहरु कार्यरत छौँ  र हजारौँको संख्यामा नर्सहरु रहेका थिए । विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर अगाडी बढ्नुपर्ने आबश्यकता छ’ डाः सापकोटाले भने।  

घोषणा पत्रले स्वास्थ्यकर्मीको भुमिका, मानसिक स्वास्थ्य, महिला स्वास्थ्यको, युवा स्वास्थ्य लगायत विषयलाई समेटेको उनले बताए । अस्पताल र क्लिनकमा मात्रै ध्यान दिने होइन पोषिलो खाना र व्यायमबाटमा समेत ध्यान पुर्याउनुपर्ने कुराहरु उल्लेख गरिएको उजले बताए । त्यस्तै डब्लुएचओ, युनिसेफ सबै मिलेर काम गर्नुपर्ने उनले जोड दिए ।  

नेपाल बाहिर रहेका ८० लाख नेपालीहरु तथा नेपालभित्रका ३ करोड गरी करिब ४ करोड मानिसहरुको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडी बढ्नुपर्ने उहाँको धारणा थियो । घोषणापत्रमाथि विभिन्न मुलुकमा कार्यरत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।  

कार्यक्रममा बोल्दै नर्वेबाट डाः सुरज थापाले घोषणा पत्रमा मानसिक स्वास्थ्य लगायत संवेदनशील स्वास्थ्यका विषयहरु समेटिनु उपयुक्त पक्ष भएको बताए । घोषणा पत्रले धेरै कुरा समेटेको उनले जानकारी दिए ।  

कार्यक्रममा बोल्दै अस्ट्रेलियाबाट डा कुश श्रेष्ठले यो विषयमा सरकारको सहभागीता पनि महत्वपूर्ण हुने बताए । देशबाहिर ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीहरुसँग सरकारले समेत हातेमालो गरेर अगाडी बढ्नुपर्ने उजको भनाई थियो ।  

युकेमा कार्यरत नर्स प्रसुना कडेलले आफूले विदेशमा सिकेको ज्ञान नेपालमा बाड्न सक्ने बताउनु भयो ।  यहि २० तारिखमा हुने नर्सिङ कन्फिरेन्समा समेत सहभागीता जनाउन उनले आग्रह गरे ।  

एनआरएनए कतारका सचिव आरके शर्माले सबैभन्दा ठूलो संख्यामा नेपालीहरु रहेका मध्यपूर्वी खाडी मुलुकहरुमा स्वास्थ्य सचेतनाका कार्यक्रम आबश्यक रहेको बताए ।  

सचेतनाको अभावका कारण यी मुलुकहरुमा ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनुपर्ने अबस्था सिर्जना भएको उनको भनाई थियो । कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागीता थियो । घोषणा पत्रमा नर्सको भुमिका लगायत केही आबश्यक विषयहरु समेट्नुपर्ने अधिकांशको  सुझाव थियो ।  

कार्यक्रममा नर्वेबाट डाः सुरज थापा, युकेबाट डाः प्रसुना कडेल, नर्स मन्जु संग्रौला, डाः कुश श्रेष्ठ, डाःसरिता पाण्डे, भुपेन्द्र वस्नेत, नर्स मन्जु संग्रैला, लगायतले कार्यक्रममा आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए  ।   

शुक्रबार प्रस्तुत घोषणा पत्रमाथि ३ दिनसम्म बहस चल्ने र अन्तिम दिन २० सेप्टेम्बर आइतबार घोषणा पत्रमाथि हस्ताक्षर हुने डा संजिव सापकोटाले बताए ।  

शुक्रबारदेखि सुरु भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्नेछ । शनिबार सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने डाः सापकोटाले जानकारी दिए । आइतबार नै घोषणा पत्रमाथि हस्ताक्षर कार्यक्रम समेत रहेको उनले बताए ।  

त्यस्तै, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ ९ कोरोना भाइरस० का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले  आफ्नो अनुभव साटासाट गरेका छन् ।  

गैह्रआवासीय नेपाली संघ अन्तर्गत अन्तराष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्नोे अनुभव साटासाट गरेका हुन् ।  

दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित ‘टिनएजर प्रेस्पेक्टिभ अन पेन्डामिक’ विषयक  भर्चुअल कार्यक्रममा २० भन्दा बढी मुलुकबाट १२ देखि २० वर्षसम्मका किरोशकिशोरीहरुले सहभागिता जनाएका थिए । सहभागिहरुले कोरोना कहरमा आफू, र आफ्नो परिवारले भोगेका तथा देखेका अनुभवहरु सुनाएका थिए ।  

कार्यक्रममा नेपाललगायत नाइजेरिया, क्यानडा, साउदी, अमेरिका, बहराइन, कतार, चीन, लगायत मुलुकमा रहेका किशोरकिशोरीहरुको उपस्थिति थियो । कार्यक्रममा रोबिना पौडेल, अभिलासा खतिवडा, प्रसान्त गौडेल, विक्रम केसी, अस्वीनी सिग्देल, जिया हमाल, सुहिम थापा लगायतले कोरोना कहरको अनुभव सुनाए ।  

अधिकांशले कोरोना कहरको सुरुवातमा विद्यालय जान नपरेकोमा आफूहरु खुसी भएको तर लामो समयसम्म घरबाहिर निश्किन तथा सामान्य अबस्थामा जस्तै साथीहरुलाई भेट्न नपाएकोमा गुनासो गरेका थिए ।  

 कतिपयले यो समयमा विद्यालय जान नपर्ने हुँदा अनलाईन कक्षामार्फत अध्ययन गर्ने र बाँकी समयमा आमबुबालाई सघाउने बताएका थिए । केही कोशोरकिशोरीहरुले कोरोनाको कहरको समयलाई सदुपयोग गर्दै आफ्नो रुचिअनुसारको खेलकुद तथा अन्य क्रियाकलापमा सहभागी भएको उल्लेख गरेका थिए ।  

कार्यक्रममार्फत  किशोराकिशोरीले कोरोना महामारीका सम्बन्धमा जिज्ञासा समेत व्यक्त गरे । जिज्ञासाको जबाफ एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले दिए ।  डा सापकोटाले कोरोनासँग नडराइ सचेत हुन सबैलाई आग्रह गरे ।  

स्वास्थ्य सुरक्षाका विषयमा ध्यान दिन नसके कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उहाँले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?  

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो ।   

 औपचारिक रुपमा सम्मेलन सुरु हुनुपुर्व शुक्रबार भएको पूर्वसत्रमा देश तथा विदेशमा कार्यरत मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ तथा मृगौला रोग विशेषज्ञहरुको उपस्थिति थियो ।  

कार्यक्रम विदेशमा रहेका विभिन्न आप्रवासी नेपालीहरुमा कोरोनाले पारेको असर तथा मुटु, मृगौला र मानसिक रोगीहरुमा कोभिडको जोखिम सम्बन्धमा केन्द्रित थियो । 

 पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा कार्यरत फिजिसियन डा नितेश अर्यालले बताए ।  

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले व्यक्ति आफैँले पनि पहिलो प्राथमिकता स्वास्थ्यमा दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै मानसिक रोग विशेषज्ञ डा प्रभाकर पोख्रेल कोरोना संक्रमण त्रासका कारण मानसिक रोगीहरुलाई थप जोखिम रहेको र आत्महत्या गर्ने प्रवृति बढेको बताए ।  आफ्नो देश छाडेर जानुपर्ने चिन्ताले पनि कतिपयलाई मानसिक समस्या हुने गरेको उनको बुझाइ छ । एकातिर  भाषा र कामको चिन्ता र अर्कोतिर परिवारसँग बिछोड हुनुपर्दाको पीडाले विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने गरेको डा. पोख्रेलले जानकारी दिए ।  

‘जब आफ्नो परिवार देश छाडेर नयाँ देश जानु परेको अबस्था छ र यसैलाई तनाबका रुपमा लिइयो भने डिप्रेशन हुन्छ’ उनले भने । तनाबका कारण विदेशमा नेपालीहरुले आत्महत्या गर्ने प्रवृति बढेको उनको भनाई छ ।  

मानसिक रोग विशेषज्ञ डा। निस्हिता पाठक पहिलाको तुलनामा कोभिड महामारीपछि मानसिक रोग बढेको बताए । धुमपान, मध्यपान गर्ने प्रवृति, कोरोना रोग बारे नबुझ्दा यसमाथि उब्जिएको त्रास तथा गर्भवती महिलाहरुमा पनि त्रासका कारण मानसिक रोग बढको उनको भनाई छ । मानसिक समस्याबाट बच्न सकारात्मक सोच राख्नुपर्ने , अनाबश्यक तनाब लिन नहुने डाः पाठकको भनाई छ ।  

 मानसिक रोग लागिसकेपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधीको प्रयोग गर्नुपर्ने उनले जानकारी दिए । मुटु रोग विशेषज्ञ डा। सुर्य देवकोटाले मुटु रोगिहरुलाई कोरोना संक्रमणको निकै जोखिम हुने बताए । अन्य अबस्थाका ३ प्रतिशत संक्रमितले ज्यान गुमाउने जोखिम रहेपनि मुटुरोगीहरुमा कोरोना संक्रमण हुँदा १० देखि १२ प्रतिशतले ज्यान गुमाउने अबस्था रहने डाः देवकोटाले उल्लेख गरे ।  

‘मुटु रोगिहरु अत्ति जोखिम समुहमा पर्छन । यस्ता रोगीहरुले विशेष ध्यान दिनुपर्छ’ डाः देवकोटाले भने । आफूसँग रोग भए पनि लुकाउने, गन्तव्य मुलुकमा पुगेपछि पनि सुगर, प्रेसर जस्ता रोगीहरुले आफूले प्रयोग गरिरहेको औषधी प्रयोग गर्न छाड्ने, धुमपान तथा मध्यपान गर्ने, शारिरीक व्ययम नगर्ने प्रवृतिले विदेशमा पुगेका अधिकांश युवाहरुमा मुटु रोग देखिने उनले बताए ।  

सरकारले मापदण्ड तय गरेर नेपालमा नै मुटुको परीक्षण गरेर विदेश पठाउन सके यसबाट पनि धेरै समस्या सामाधान हुने उनको भनाई छ ।  

मृगौला रोग विशेषज्ञ डा। मिधान श्रेष्ठ किड्नीका विरामीहरु पनि कोरोना संक्रमणको निकै जोमिमा रहेको बताउनुहुन्छ । किड्नीका विरामीहरुमा रोगसँग लड्ने क्षमता कम हुँदा जोखिम रहेको उहाँको तर्क छ ।  

जोखिमबाट बच्न किड्नीका विरामीहरुले आफूले दैनिक प्रयोग गर्दै आएको औषधीहरु नछुटाइ प्रयोग गर्नुपर्ने सल्लाह उहाँको छ ।  

फिजिसियन डा। नितेश अर्यालले सञ्चालन गरेको उक्त भर्चुअल कार्यक्रममा थुप्रै स्वाथ्यकर्मीहरुको उपस्थिति थियो । मानसिक रोग विशेषज्ञ डा निस्हिता पाठक, मानसिक रोग विशेषज्ञ डा। प्रभाकर पोख्रेल, मुटु रोग विशेषज्ञ डा। सुर्य देवकोटा र मृगौला रोग विशेषज्ञ डा मिधान श्रेष्ठले कार्यक्रममा धारणा राख्नु भएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस