aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

जिओ फोर्डको फोर्ड फेस्टिव अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
जिओ फोर्डको फोर्ड फेस्टिव अफर

काठमाडौं ।  जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यो वर्ष फोर्ड फेस्टिभ अफर अन्र्तगत, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न अफरहरु ल्याएको छ । 

 ग्राहकहरुले उपलब्ध तीन अफरहरुमध्ये एउटा छनोट गर्न सक्दछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा रहेको कम्पनीले जनाएको छ ।  गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमितलाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।

कार्ड स्क््रयाज योजनाः ग्राहकले बक्सबाट ३ वटा स्क््रयाज कार्ड छनौट गरी  ४ लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क््रयाज कार्डमाग्यारेण्टी मूल्य २५ हजार रुपैयाँ रहेको र बढीमा यो १ लाख ५० हजार रुपैयाँसम्म हुनेछ । 

६ महिने इएमआई होलिडे यस योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिने कम्पनीले जनाएको छ । यो योजनामा माछापुच्छ्रे  बैँकमार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजवापतको रकमतिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्न सक्ने छन ।

स्थगित भुक्तानी यस–योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि पाउने कम्पनीले बताएको छ ।

 ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकमतिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकिग्राहकले बैंकको  किस्ता पहिले व्याहोर्न पर्ने कम्पनीको योजनामा रहेको छ । यो योजनाफोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस