aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

५ वटा कम्पनी हकप्रद शेयर निष्काशनको प्रक्रियामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
५ वटा कम्पनी हकप्रद शेयर निष्काशनको प्रक्रियामा

काठमाडौं । ५ वटा कम्पनी हकप्रद शेयर निष्काशनको क्रममा रहेका छन् । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन लागि निवेदन दिएका कम्पनीहरुमा नागरिक लगानी कोष, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड

ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०ः३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल पुस २३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरको १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । 

नागरिक लगानी कोष नागरिक लगानी कोषले १ः०८२८४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भाद्र २२ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो। 

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडः हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १स्१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७६ साल असार ३१ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । 

नेपाल फाइनान्स कम्पनी लिमिटेडः नेपाल फाइनान्स कम्पनी लिमिटेडले १ः१.२५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । 

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल जेठ २२ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस