
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । कम्पनीले गत शुक्रबार एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा शुक्रबार सूचीकृत गराएको थियो ।
आइतबारदेखि शेयर किनबेच गर्न सकिने नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले जनाएको छ । कम्पनीले भदौको पहिलो साता ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीको शेयर कारोबारको लागि एलइसी (LEC) कारोबार संकेत प्रदान गरिएको छ । कम्पनीको शेयर न्यूनतम एक सय रुपैयाँदेखि ३०० सय रुपैयाँको रेन्जमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस