aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड अभिनेत्री शिल्पामाथि ठगीको आरोप, कसले हाल्यो प्रहरीमा उजुरी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
बलिउड अभिनेत्री शिल्पामाथि ठगीको आरोप, कसले हाल्यो प्रहरीमा उजुरी ?

एजेनसी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको छ। दुबैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुवैविरुद्ध एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै समय आएपछि सबै कुरा प्रमाणित हुने बताउँदै खबरको खण्डनसमेत गरेकी छन्। ‘सत्य चाँडै बाहिर आउनेछ’, उनले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।’ शिल्पाले यो मुद्दालाई अदालतले हेरिरहेको भन्दै सत्यतथ्य सक्दो चाँडो सार्वजनिक हुने बताएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस