
काठमाडौं । कारोबारको पहिलो दिनमै लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक र नकारात्मक दुबै प्रभाव परेको छ । प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता शेयर कारोबार भएको यस कम्पनीको नियमित कारोबार शुरु भएको १० मिनेटमै १० प्रतिशतले शेयरमूल्य बढेको थियो ।
कारोबारको पहिलो घण्टासम्म सकारात्मक प्रभाव परेको लिवर्टीको शेयरमूल्य दोस्रो घण्टापछि विक्री चाप बढेसँगै शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो । साढे २ बजेसम्मको मार्केट डेब्थ हेर्दा लिवर्टीको शेयर खरिद चाप शून्य छ भने विक्री चाप १७ हजार कित्ता रहेको छ ।
प्रतिक्रिया दिनुहोस