
काठमाडौं । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले “खुसी खोज्ने होइन रोज्ने” भन्ने नारा सहित “रोजेरै खुसी” योजना सार्वजनिक गरेको छ ।
दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।
रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजार रुपैयाँ नगद छुट पाउँन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध रहको कम्पनीले बताएको छ ।
यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”
प्रतिक्रिया दिनुहोस