aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

हुन्डाइको दशै तिहार योजनामा आकर्षक छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
हुन्डाइको दशै तिहार योजनामा आकर्षक छुट

काठमाडौं ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ “यसपालिको दशै तिहार  WELCOME TO HYUNDAI PARIWAR” योजना ल्याएको छ । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५, २०७७ सम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप रु. १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई Aura १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले  विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । 
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।


 

प्रतिक्रिया दिनुहोस