
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव सहित पाँचौ वार्षिक साधारण सभा असोज २८ गते बोलाएको छ । कम्पनीले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे सभा बोलाएको हो । सभाका लागि १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित शेयर संरचना परिवर्तनको लगाएत विविध प्रताव तय भएका छन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३६ करोड ८० लाखको आधारमा लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम ७०ः३० को शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव गरेको छ । साथै अन्य कुनै वित्तीय संस्था गाभ्ने गाभिने वा एक्विजिशन सम्बन्धी उपयुक्त प्रस्तावमा आएमा सो कार्यका आवश्यक सम्पूर्ण जिम्वेवारी सञ्चालक समितीलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजनको लागि असोज १४ गते एक दिन कम्पनीले बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा असोज १३ गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस