aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ असोज २०७७
प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-९ स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् । 

उनीहरूले संचालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस