aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण नगर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने बताएको छ । कम्पनीले सुचना मार्फत उक्त आवको नाफाबाट लाभांश विररण नगरी जगेडा कोष कायम गर्ने निर्णय भएको जानकारी दिएको हो । 

कम्पनीले गत आव २०७६/७७ को वित्तीय विवरण पनि सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ । उक्त विवरणको सैद्धान्तिक सहमति पश्चात विगत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा चाँडोभन्दा चाँडो सम्पन्न गर्ने योजना कम्पनीको छ ।

यस कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरी बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी कायम गरेको छ । शिखरले रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस