
काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ । ग्राहकहरूले यस अफर Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवाXLV सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । त्यसैगरी कम्पनीले Covid वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।
साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ । एक वर्ष निःशुल्क बीमा २५ हजार रुपैयाँ बराबरको निःशुल्क Accessories सात बर्ष सजिलो ँष्लबलअभ तीन बर्ष वारेन्टि रहेको छ ।
त्यसैगरि, निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म), स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गते देखि असोज २० गते सम्ममात्र हुने कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस