aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अर्थोडक्स चिया

एक सहकारी सहित १२ चिया उद्योगको ट्रेडमार्क कार्यान्वयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
एक सहकारी सहित १२ चिया उद्योगको ट्रेडमार्क कार्यान्वयन

काठमाडौं । १३ चिया उद्योगको अर्गोडक्स ट्रेडमार्क कार्यान्वयन आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आजबाट उक्त उद्योगहरूको अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा ल्याएका हुन् ।

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत दिएको हो । ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दसकभन्दा लामो अवधि देखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ । 

पहिलो चरणमा ट्रेडमार्क प्रयोगका लागि प्रक्रिया पुरा गरी ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त दिएको हो । नेपालमा चिया उत्पादन थालिएको १५७ वर्ष भएको छ । नेपालमा वि.सं.१९२० मा इलामका तत्कालिन राणा प्रधानमन्त्री जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण थिए । ग

नेपालमा हरेक उपभोग्य वस्तु आयात गर्नु पर्दा चियाको उत्पादनमा भने आत्मनिर्भर भएका छौँ । व्यापारघाटा ११ खर्ब पुगेको परिप्रेक्ष्यमा भारत लगायत तेस्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्रमा राम्रो भूमिका चिया क्षेत्रले खेलिरहेको छ । 

यति हुँदाहुँदै पनि पछिल्ला दिनहरू नेपाली चिया क्षेत्रका लागि चुनौती र समस्या रहित रहेन । भारत लगायत तेस्रो मूलुकमा निर्यात गर्दा बेला बेलामा भन्सारमा व्यहोर्नु पर्ने समस्या, चियाको हरियोपत्तीको न्युनतम् मूल्य विवाद, श्रमिकका समस्या र पछिल्लो समय आएर विश्वव्यापी महामारी कोभिड यी  यस्तै समस्यै समस्याको भुमरीमा चिया क्षेत्र घुमिरहेको परिप्रेक्ष्यमा नेपाली चियाको बजारीकरणमा रहेको एउटा समस्यालाई समाधान गर्ने प्रयास गरेका मन्त्री भुषालले बताए ।  

नेपाली चियाको गुणस्तर विश्वमै अब्बल छ । स्वच्छ हावापानी पाएर यस उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको छ । तर यति हुँदा हुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको थिएन,’ भुषालले भने । नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेस्रो देशमा लामो समयदेखि बिक्री भईरहेको थियो । अब यसलाई रोकेर नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्नेछ ।

विगत एक दशक देखिको निरन्तर प्रयास पछि आज बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको छ । हाम्रो मन्त्रालय मातहत रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पहलमा नेपाली चियाले आफ्नै पहिचान पाउन सफल भएको हो । यो ट्रेडमार्क उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो । 

तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केहि कानुनी तथा प्राविधिक कठिनायीहरू थिए । ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य श्रृंखलामा क्रियाशिल सबैको लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लागेको समेत उक्त अवसरमा  जानकारी दिइएको छ । 

बोर्डले गतवर्ष नै यस ट्रेडमार्क प्रयोगका लागि इच्छुक चिया उद्योगहरूलाई निवेदन दिन सार्वजानिक आह्वान गरेको थियो । बोर्डले दिएको जानकारी अनुसार कुल ४२ वटा चिया उद्योगहरूले निवेदन दिएका थिए । तर निवेदन दिने सबैले ट्रेडमार्क पाउँछन् भन्ने छैन । निर्देशिकाले तय गरेका मापदण्डहरू पालना गरि चिया उत्पादन भएको र नभएको बारे बोर्डले स्थलगत अनुगमन गरी प्रतिवेदन बनाएको हो । 

नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारीकरणमा समस्या नआउने बोर्डले जानकारी दिएको छ ।  अब चीन, अमेरिका र युरोपेली बजारमा पनि विक्री गर्न आक्रामक ब्राण्डिङ र मार्केटिङ योजना सरकारले बनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस