aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरोज खनालको निर्देशनमा अमेरिकामा बन्यो पहिलो लघु चलचित्र छाउ पीडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
सरोज खनालको निर्देशनमा अमेरिकामा बन्यो पहिलो लघु चलचित्र छाउ पीडा

डिसी । अमेरिकाको बसाईलाई भरपुर सदुपयोग गर्दै नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालको निर्देशनमा पहिलो लघु चलचित्र छाउ पीडा निर्माण भएको छ ।

बिश्व भर कोरोना महामारीको कारण बन्दाबन्दीमा अमेरिका आई पुगेका खनालले अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई उक्त लघु चलचित्र छाउ पीडामा अभिनय गराएका छन ।

अभिनेता खनालले कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुले उक्त लघु चलचित्रमा सशक्त अभिनय गरेकोमा हर्ष  व्यक्त गरेका छन । कलाकार खनाल भन्छन ,अमेरिकामा हुर्केका,बढ्दै गरेका किशोरीहरुले हामीले सोचेको भन्दा ज्यादै राम्रो अभिनय गरेकोमा दंग छन ।

उक्त लघु चलचित्रमा अभिनय गर्न वरिष्ठ कलाकार खनालले हामीलाई अवसर दिनु भएकोमा किशोरीरहरुले धन्यबाद दिएका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको ब्यानर९निर्माण०मा बनेको पहिलो लघु चलचित्र छाउ पीडा हो ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्दै नृत्य विधालाई अगाल्दै आएको यस डान्स सेन्टरका प्रशिक्षार्थीहरु नृत्यमा मात्र नभई अभिनयमा पनी त्यतिकै पोख्त रहेको कुरा निर्देशक सरोज खनालले बताए ।

सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशक द्वय नविन केसी तथा लुना श्रेष्ठ हुन भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।

उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी,दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । त्यसै गरि आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठको पनि अहम भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस