
काठमाडौं ।२०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय प्रारम्भ गरेको यस कम्पनीले बैशाख २५,२०७६ देखि सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध अधिकतम ५० लाख रुपैया सम्मको सुविधा दिने एक मात्र कम्पनी बन्न सफल हुदै आएको छ ।
ISO 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र पाएको यस कम्पनीले हाल ११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गर्न सफल भएको यस कम्पनीले े बीमितहरुलाई बोनस बृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ भने कुल लगानी ३.५० अर्ब रुपैया र २ अर्ब रुपैयाको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो बर्षमा प्रवेश गरेको हो ।
कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्रीले एक बिज्ञप्ति जारि गरि समस्त बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमक निकाय तथा शुभचिन्तकहरुलाई हार्दिक आभार व्यक्त गर्दैआगामी दिनमा े निरन्तर साथको अपेक्षा रहेको कुरा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस