aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दुई महिनामै २ अर्ब बढीको बोनस शेयर सूचिकृत, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
दुई महिनामै २ अर्ब बढीको बोनस शेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई महिनामै २ अर्ब बढीको बोनस शेयर सूचिकृत भएको छ । धितो पत्र बोर्डका अनुसार २१ वटा कम्पनीहरुको दुई महिनामै २ अर्ब २ करोड ८४ लाख ८८ हजार ७१२ रुपैयाँ बराबरको बोनस शेयर सुचिकृत भएको हो । शेयर सूचिकृत हुनेमा १६ वटा वित्तिय संस्था, ३ वटा इन्स्योरेन्स कम्पनी, एउटा हाइड्रोपावर कम्पनी र एउटा नागरिक लगानी कोष रहेका छन् ।  

कुन कम्पनीको कति ? 
शेयर सूचिकृत हुनेमा समता लघुवित्त वित्तिय संस्था लिमिटेडको १५ प्रतिशतका दरले लगानीकर्ताले ९१ लाख ८ सय मूल्य बराबरको बोनस शेयर पाएका छन् । 

त्यस्तै, स्पर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको १ करोड ७८ लाख ५ हजार १९० कित्ता शेयर १३ प्रतिशतका दरले पाएका छन् भने २० प्रतिशत बोनस शेयर दिएको नयाँ नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले १ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर पाएका छन् । 

त्यसैगरि समिट लघुवित्त वित्तिय संस्था लिमिटेडले लगानीकर्तालाई २१.०९५२३८ प्रतिशतका दरले ४ करोड ४३ लाख, ग्लाबवल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले १७.५० प्रतिशतका दरले ३ करोड ८६ लाख ६० हजार १२५, नेपाल बङलादेश बैंक लिमिटेडले ५ प्रतिशतका दरले ४० करोड ७६ लाख १२ हजार ६ सय, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७.१० प्रतिशतका दरले ११ करोड ८४ लाख ४७ हजार २५० रुपैयाँ बोनस शेयर वितरण गरेका छन् । 

यसैगरि, छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आफ्ना लगानीकर्तालाई ५ प्रतिशतका दरले १ करोड ३५ लाख, वामी लघुवित्त वित्तिय संस्था लिमिटेडले २ करोड ५२ लाख ७२ हजार, नेपाल इन्स्योरेन्स कम्पनीले ५ प्रतिशतका दरले ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस शेयर बाडेको छ । 

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले ६ प्रतिशत बोनस वितरण गर्दै ६ करोड १२ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको बोनस शेयर दिएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ६ प्रतिशतका दरले ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ मूल्य बराबरको बोनस शेयर दिएको छ । 

त्यसैगरि, नागरिक लगानी कोषले २२ प्रतिशतका दरले २९ करोड ५८ लाख ७१ हजार ३०६ रुपैयाँ, प्राइम लाईफ इन्स्योरेन्सले १२.५० प्रतिशतका दरले २५ करोड ९ लाख ९२ हजार ५ सय, सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले १० प्रतिशतका दरले ६० लाख, सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ३२ प्रतिशतका दरले ३ करोड २० लाख रुपैयाँ मूल्य बराबरको बोनस शेयर दिएको छ । 

यसैगरि, सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ प्रतिशतका दरले ५७ लाख ५ हजार ७ सय, नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडले २६ प्रतिशतका दरले ४ करोड ३५ लाख ९६ हजार ६७०, मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले १५ प्रतिशतका दरले १ करोड ५८ लाख ७९ हजार २४०, साइन रेसुङगा डेभलपमेन्ट बैंकले ३९ करोड ३४ लाख ३५ हजार ६१९ र तिनाउ मिसन डेभलपमेन्ट बैंकले १२ प्रतिशतका दरले १३ करोड ७३ लाख १७५ रुपैयाँ मूल्य बराबरको बोनस शेयर दिएको छ । 


 

प्रतिक्रिया दिनुहोस