काठमाडौं । कोरोना भाइरस महामारीका कारण सन् २०२० को सेप्टेम्बरसम्म श्रमिकहरूको आम्दानी ३५ खर्ब अमेरिकी डलरले घटेको छ । यो वर्षको ९ महिनाको अवधिमा विश्वभरका श्रमिकहरूको आम्दानी उच्च रुपले घटेको अन्तराष्ट्रिय श्रमिक संगठन ‘आईएलओले’ को अध्ययनले देखाएको छ । गत वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिको तुलनामा यस वर्ष विश्वभरका श्रमिकहरुको आम्दानी करिब १०.७ प्रतिशत घटेको हो ।
उक्त तथ्यांकमा विभिन्न देशमा राहत प्याकेज स्वरुप दिइएको इनकम सपोर्टलाई समावेश गरेर तयार पारिएको नभएको आईएलओले भनेको छ । आईएलओले श्रमको दुनियाँमा कोरोना भाइरस महामारीको असरलाई लिएर आफ्नो पछिल्लो अनुमानमा भनेको छ । कोभिड महामारीका कारण कामको समयमा भारी नोक्सान भएका कारण पूरै विश्वमा श्रमिकहरुको आम्दानीमा ठूलो गिरावट आएको छ ।
आईएलओका यसको सबैभन्दा अधिक असर निम्न–मध्य आय भएका देशहरूमा देखिएको छ । श्रमिकहरूको आम्दानीमा १५.१ प्रतिशतको गिरावट आएको छ । क्षेत्रका हिसाबले सबैभन्दा खराब असर अमेरिकी देशहरुमा परेको छ । यहाँ श्रमिकहरूको आम्दानी १२.१ प्रतिशतले घटेको छ ।
विश्वभरमा कामको घण्टामा जति कमी आएको छ । डिसेम्बर त्रैमासको तुलनामा यस वर्षको जून त्रैमासमा ग्लोबल वर्किङ टाइमको नोक्सानको संशोधित अनुमान १७.३ प्रतिशत रहेको छ । जुन ४९ करोड ५० लाख पूर्ण रोजगारी बराबर रहेको छ । सेप्टेम्बर त्रैमासमा वर्किङ टाइम लस १२.१ प्रतिशत रहने अनुमान रहेको छ । जुन ३४ करोड ५० लाख पूर्ण रोजगारी बराबर रहेको छ ।
प्रतिक्रिया दिनुहोस