aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘भारत’को कमाई दुई दिनमा ७१ करोड, तेस्रो दिन १०० करोड क्लबमा पुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
‘भारत’को कमाई दुई दिनमा ७१ करोड, तेस्रो दिन १०० करोड क्लबमा पुग्ने

सलमान खान अभिनित हिन्दी फिल्म भारतले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ । बुधबार इदको मौका पारेर रिलिज गरिएको यो सिनेमाले पहिलो दिन नै आफ्नो घरेलु बजारबाट ४२.३० करोड जम्मा गरेको थियो । त्यो क्रमलाई निरन्तरता दिंदै दोस्रो दिन ३१ करोड कमाएपछी शुक्रबारसम्ममा १०० करोड क्लबमा सामेल हुने अनुमान गरिएको छ ।  

भारतका स्थापित ट्रेड एनालिस्ट तरन आदर्शले आफ्नो ट्वीटमा लेखेका छन्, "भारतले दोस्रो दिन समेत राम्रो कमाई गर्यो । मल्टीप्लेक्सेसमा सामान्य गिरावट देखीएको छ । जबकि सिंगल स्क्रीन्सले  मोर्चा सम्हालेको देखियो ।”

भारतको कमाई सलमान खानको करियर कै सबैभन्दा राम्रो शुरुवाती कामाई हो । यस अघि यस्तो रेकर्ड ‘प्रेम रतन धन पायो’को नाममा थियो । जसले ४०.३० करोड कमाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस