काठमाडौं । फोर्स मोटर्सले दशैं अफरको घोषणा गरेको छ । कम्पनीले ’फोर्स दशैं आशिर्वाद’ अफर अन्तरगत ग्राहकहरूलाई तीन वटा विकल्प दिएको छ । ग्राहकले गाडी खरिद गर्दा यीमध्ये आफ्नो रोजाइको एक अफर रोज्न सक्ने कम्पनीले जनाएको छ ।
पहिलो अफर अन्तरगत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोश्रो अफरमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् जसमा न्यूतम २ देखि १० लाख रूपैयाँसम्मको पक्का नगद कुपन पाउनेछन् ।
यस्तै तेश्रो अफरमा ग्राहकहरूले मात्र ९ लाख रूपैयाँ डाउन पेमेन्ट गरेर गाडी खरिदमा भारी नगद छुट प्राप्त गर्नेछन् । कम्पनीले सरकारले कोरोना रोकथामका लागि क्षमताको पचास प्रतिशत यात्रु बोक्ने नियम लगाएको भएपनि आफ्नो गाडीबाट दोब्बर आम्दानी गर्न सक्ने जनाएको छ । यो अफर १४ सिटे ट्र्याक्स क्रुजरमा लागू हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस