aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिकामा नेपाली मूलका राम चन्द्र नगर समिती सदस्यमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
अमेरिकामा नेपाली मूलका राम चन्द्र नगर समिती सदस्यमा नियुक्त

वासिङटन, डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त भएका छन । कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन ९नगर०को नगर सदस्यमा नियुक्त भएका हुन् ।

गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगर पालिकामा एक पद रिक्त भए पछि श्रेष्ठलाई उक्त नगरमा उनले गरेका क्रियाकलाप,गतिविधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको हो ।

उक्त पद २ बर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाकि १ बर्ष २ महिना (अर्थात् १४ महिना) समय अवधि सम्म काम गर्नु पर्ने छ । उनलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका हुन् ।

अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महा नगर पालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम ९रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग०भनिन्छ ।

नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० बर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।

२४ बर्ष अगाडी अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका९सोसाइटी अफ नेपालिज इन अमेरिका ०का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् ।

उनको उक्त संस्थामा २०१९/२०२१ सम्म कार्यकाल अझ रहने छ । उनले उक्त संस्थामा सन् २०१७(२०१९ सम्म सफलता पूर्वक नेतृत्व प्रदान गरि सकेका छन । श्रेष्ठले खुशी हुदै आफूलाई नियुक्ति गर्ने सबैलाई धन्यवाद दिदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताए ।  

अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उप प्रमुखमा खाता खोलेका हुन् भने उनि दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् । 

सिटौला पछि क्रमस मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्यमा मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल निर्वाचित भै इतिहास कोर्ने मध्येका हुन् ।
 

प्रतिक्रिया दिनुहोस