aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

घरफिर्ती, पुनःएकीकरण र रोजगारलाई सहज बनाउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
घरफिर्ती, पुनःएकीकरण र रोजगारलाई सहज बनाउन माग

 काठमाडौं । गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको संवोधन गर्दै औपचारिक उद्घाटन गरेका थिए ।

 सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैरआवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताए । कोभिड १९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको सम्मृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउादै मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले सिकेको ज्ञान, सिप हस्तान्तरणको खााचो औल्याए । 

मन्त्री ज्ञवालीले कोभिड १९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फीर्ता गर्ने कार्य तीब्र गतिमा भइरहेको जानकारी गराउादै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गरे । विदेशबाट फर्काउने क्रममा केहि कठिनाई भएको स्वीकार्दै मन्त्री ज्ञवालीले हाल असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ उनले भने ।  

मन्त्री ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताए । भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरि करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरु लगानी गर्न इच्छुक रहे पनि नेपालमा त्यो अवस्था नरहेको भन्दै सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरे । पूर्व अध्यक्ष हिराचनले एनआरएनएको १७ वर्षे इतिहासलाई समिक्षा गर्नुपर्ने खाँचो औल्याउँदै कुनै कार्यक्रम गर्न अब काठमाडौंमा करोडौ खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताए । 

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुले कोभिड १९को बेलामा एक कदम अगाडि बढेर सेवा गरिरहेको बताए । त्यस्तै, अष्ष्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिनुहुँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै स्मार्ट एनआरएनको प्रोजेक्टलाई लागू गर्न लागिरहेको जानकारी गराए । संघमा ब्यापक पुनरसंरचनाको खाँचो रहेको महसुस गर्दै स्मार्ट एनआरएन प्रोजेक्ट अगाडि बढाइएको पनि अध्यक्ष पन्तले जानकारी गराए।

कोभिड १९ प्रभावीत नेपालीहरुको लागि आइएलोबाट संघलाई १० करोड सहयोग प्रदान भएको जानकारी गराएको छ । त्यस्तै, अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको लागि परराष्ट्र मन्त्रालयमा निवेदन पेस गरेको जानकारी गराउनु हुँदै अनलाइन माध्यमबाट विशेष महाधिवेशन गर्ने अनुमति पाएपछि र विशेष महाधिवेशन सम्पन्न गरिने बताए । 

कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत महामहिम भीम उदास, नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा। डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको सम्मृद्धिमा लगाउनुपर्नेमा जोड दिनुका साथै कोभिडका कारण अझ अलपत्र परिरहेकाहरुलाई नेपाल फर्काउन नेपाल सरकारसंग माग राखेका थिए । 

प्रतिक्रिया दिनुहोस