काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७६÷७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले असोज ९ गते शुक्रवार भर्चुअल माध्यमबाट सञ्चालक समितिको बैठक सम्पन्न लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ । कम्पनीले साधारण सभा सम्पन्न गरेको ४५ दिनभित्र उक्त लाभांश वितरण गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा कात्तिक २७ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस