aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुपको नाफा ५ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
ङादी ग्रुपको नाफा ५ करोडभन्दा बढी

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ५ करोड ८३ लाख ९१ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म रू. ६ करोड १३ लाख २१ हजार थियो । अघिल्लो वर्षको तुुलनामा कम्पनीको नाफा ५ प्रतिशत कम भएको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण असोज ११ गते सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष चौथो त्रैमाससम्म रू. १४ करोड ३७ लाख ५० हजारको विद्युत विक्री गरेको यो कम्पनीले गत वर्ष सोहि अवधिमा भने रू. १३ करोड ६५ लाख ८३ हजारको विद्युत विक्री गरेको छ । विद्युत विक्री आम्दानी अघिल्लो वर्षभन्दा गत वर्ष ५ प्रतिशतले घटेको छ । विद्युत विक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।

गत वर्ष अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोष रकम भने ६ दशमलव ८४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रू. ६ करोड ५२ लाख १६ हजार रहेको जगेडा कोष रकम गत वर्ष रू. ६ करोड ९६ लाख ९२ हजार कायम भएको हो । चुक्तापूँजी रू. ५३ करोड ५५ लाख ५४ हजार रहेको यस कम्पनीको कुल सम्पत्ति रू. ९३ करोड ४७ लाख २७ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव शून्य १ छ । 

प्रतिक्रिया दिनुहोस