
काठमाडौं । धितोपत्र बजारको कारोबार अनलाइन भएपछि साना लगानीकर्ताले दुःख पाइरहेका छन् । नेपाल स्टक एक्स्चेञ्जले पूर्णरुपमा अनलाइन शेयर कारोबार गराउन थालेपछि साना लगानीकर्तालाई ब्रोकर कार्यालयले रेस्पोन्स गर्न छाडेका छन् ।
कोरोना भाइरसको महामारीका कारण सबै लगानीकर्ताहरुले घरबाट नै शेयरको खरिद विक्री गर्ने गरेका छन् । तर, अनलाइनबाटै शेयर कारोबार गर्ने भएपछि लगानीकर्ताहरु ब्रोकर कार्यालयमा लगानीकर्ताहरु पुग्ने गरेका छैनन । यसको फाइदा उठाउदै ब्रोकरहरुले बजार घटेको बेलामा आफ्नै लागि शेयर किन्न व्यस्त हुन्छन भने बढेको बेलामा आफ्नै शेयर बेच्न लाग्ने गरेका छन् ।
अनलाइन कारोबारु पूर्ण भनेपछि प्रभावकारी रुपमा काम नगर्दा अनलाइनमानै सबैले शेयर खरिद विक्रि गर्न सकिरहेका छैनन । ब्रोकर कार्यालयमा फोन गर्दा कसैले पनि फोन नउठाउने गरेकाले शेयर खरिद विक्रिमा समस्या भइरहेको नयाँ बानेश्वर स्थिति ब्रोकर नं ४१ मा कारोबार गर्ने एक जनाले गुनासो गरे ।
उनले भने, गत हप्ता रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर बेच्नका लागि ब्रोकर कार्यालयमा बारम्बार फोन गर्दा पनि फोन उठेन र शेयर बेच्न सकिएन । उक्त ४१ ब्रोकरमा टिएमएस अनलाइन शेयर कारोबारका लागि फर्म बुझाएको लामो समय हुँदा पनि अझै नबनाएको उनले गुनासो गरे । अन्य ब्रोकरले अनलाइनबाटै फर्म लिने गरेपनि ब्रोकर नं ४१ ले भने अनलाइन फर्म पनि नलिने गरेको उनले गुनासो पोखे ।
प्रतिक्रिया दिनुहोस