
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मा मागभन्दा १७.१२ प्रतिशत बढीको आवेदन परेको छ । आइतबार विक्रि खुला गरिएको शेयरमा पहिलो दिन नै जारी गरेकाभन्दा १७.१२ प्रतिशत अर्थत चार लाख ६७ हजार पाँच सय कित्ता बढी शेयरका लागि भएको माग आवेदन हो ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर बिक्री गर्ने छ । जसमध्ये सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर कम्पनीले जारी गरेको हो । तर आइतबार साँझ ५ बजेसम्ममा ३१ लाख ९७ हजार ५ सय कित्ताका लागि ९५ हजार ८ सय ५० जनाबाट आवेदन परिसकेको कम्पनीको बिक्री प्रबन्धक एआईबीएल एस क्यापिटलले जनाएको छ ।
जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजदेखि विक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । कुल कित्तामध्य कम्पनीले ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको ं२७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म विक्रीमा रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्न आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल संस्थापकतर्फको रू। ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात रू। १ अर्ब चुक्तापूँजी कायम हुनेछ । आईपीओ पश्चात यस कम्पनीमा सर्बसाधारण तर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी रू। २ दशमलव २५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस