aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकामा टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेश अदालतले रोक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
अमेरिकामा टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेश अदालतले रोक्यो

एजेन्सी । अमेरिकी एक न्यायाधीशले चीनको भिडियो सेयरिङ एप टिकटकमा लागेको प्रतिबन्ध खुलाइदिएका छन् । उनले एकपटक प्रयोगकर्ताले मोबाइलबाट टिकटक हटाएपछि पुनः डाउनलोड गर्न नपाउने प्रतिबन्ध खुलाइदिएका हुन् । 

उनले भविष्यमा टिकटक डाउनलोडको प्रतिबन्ध रोक्न अस्थायी निषेध जारी गरेको बीबीसीले लेखेको छ ।  अमेरिकाको कोलम्बिया जिल्लाका जिल्ला न्यायाधीश कार्ल निकोल्सले आइतबार राति टिकटकको अनुरोधलाई सदर गरिदिएका हुन् । 

यसको कारण भने सार्वजनिक गरिएको छैन । टिकटकले विज्ञप्ति जारी गर्दै आफूहरु खुशी भएको बताएको छ । उसले यसको अधिकारको रक्षा गरिरहने प्रतिवद्धता पनि जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चिनियाँ उत्पादन भएकाले यसलाई अमेरिकाभर प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए । कम्पनीले यो आरोप खण्डन गर्छ ।

टिकटकलाई बाइटडान्स नामको कम्पनीले सन् २०१७ मा लञ्च गरेको थियो । संसारभरी टिकटकका ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस