
काठमाडौं । अपि पावर कम्पनी लिमिटेड वि.स. २०६० साल अषाढ ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई वि.स. २०७० साल श्रावण ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई जलविद्युत सम्बन्धि व्यवसाय गरिरहेको कम्पनी हो । कम्पनीको हालको अधिकृत पूँजी रु. ५०० करोड, जारी पूँजी रु.४०० करोड र चुक्तापूँजी रु.११९.०७ करोड रहेको छ ।
कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ । सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो ।
कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।
कम्पनीले तेश्रो जलविद्युत आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना पहिचान गरी निर्माणको काम शुरु गरेको छ । सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरिने छ ।
४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा. को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । यस आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष रु. १६२ करोड आय आर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।
यस आयोजना निर्माणका लागि जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम रु. २२२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई काम गरिरहेको छ । बाँकी ७० प्रतिशतले हुने रकम रु. ५१८ करोड हिमालन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी भई आयोजनाको सह–वित्तियकरण ९ऋयलकयचतष्गm० बनाई बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन गर्ने सम्झौता मिति २०७७ साल आश्विन ११ गतेका दिन सु–सम्पन्न भयो ।
यो आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि (२०७५ साल आषाढ मसान्तमा कायम) चुक्ता पूँजी रु.११३.४० करोडको २ः०.४७ को अनुपातमा रु. ५६.७० करोडको हकप्रद शेयर जारी गर्नका लागि मिति २०७६ साल फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको छ । कम्पनीको हालको चुक्ता पूँजी रु.११९ करोड रहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा कम्पनीले ५ प्रतिशतका दरले शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने निर्णय गरेको छ । आ.व २०७५÷०७६ को ५ प्रतिशतको वोनश शेयर सम्बन्धित शेयरधनिहरुको खातामा हाल्ने हो भने कम्पनीको चुक्ता पूँजी रु.११९ करोड बाट ५ प्रतिशतले बढ्न जानेछ र कम्पनीलाई प्राप्त १ बराबर ०.४७ को हकप्रद शेयरको समिकरण बिग्रन जान्छ ।
यस कारण हकप्रद जारी गरे पश्चात कम्पनीले ५ प्रतिशतको बोनश शेयर सम्बधित शेयरधनीहरुको खातामा जम्मा गर्ने जानकारी गराउन चाहान्छु । यस पछि कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा आर्जित नाफाबाट दोहोरो अंकमा शेयरधनीहरुलाई लाभांश उपलब्ध गराउनेछ ।
हाल विश्वभर फैलिरहेको कोभिड १९ नामक महामरीका कारण समग्र अर्थिक अवस्था खराब हुन पुगेको छ । यस रोगका कारण कम्पनीमा पर्न गएका असरहरुलाई समुचित तवरले व्यवस्थापन गर्दै कम्पनीको लक्ष्य अनुरुपको व्यवसायिक प्रगतिमा निरन्तरता दिनु आजको प्रमुख चुनैती हो । यो अवस्था सामान्य बन्नासाथ कम्मनीले हकप्रद शेयर आव्हान गर्ने भएको हँुदा आफूले ८.५ मेगावाट क्षमताको जलविद्युतमा गरेको लगानीले ५६.५ मेगावाटको स्वामित्व पाउँने सुनौलो अवसरलाई सदुपयोग गरी अपि पावर कम्पनी लिमिटेडले जारी गर्ने हकप्रद शेयरमा लगानी गर्नुहुन सम्पूर्ण शेयरधनी लगानीकर्तालाई आव्हान गरेको छ ।
प्रतिक्रिया दिनुहोस