aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुँरास लाइफको अवितरित हकप्रद शेयर मंगलवारदेखि लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
गुँरास लाइफको अवितरित हकप्रद शेयर मंगलवारदेखि लिलामीमा आउने

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि वितरण हुन नसकेको हकप्रद शेयर असोज १३ गते मंगलवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि असार १४ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला हुँदा विक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारण तर्फको ३ लाख ३ हजार ५६५ कित्ता र संस्थापक तर्फको २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य एक सय रूपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । एकै ब्याक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन गर्नुपर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यस शेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन असोज १९ गते रहेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस