aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल हाइड्रोको नाफा १४ दशमलव ५२ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
नेशनल हाइड्रोको नाफा १४ दशमलव ५२ प्रतिशत बढ्यो

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ४ लाख ९६ हजार रूपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म ९१ लाख ६५ हजार रूपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा १४ दशमलव ५२ प्रतिशत बढी भएको हो । 

अघिल्लो वर्षभन्दा यो वर्ष विद्युत विक्री आम्दानी बढेकाले कम्पनीको नाफामा बृद्धि देखिएको हो । अघिल्लो वर्ष ५ करोड ३९ लाख ५५ हजार रूपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको यस कम्पनीको गत वर्ष यो आम्दानी ५ करोड ५७ लाख ८८ हजार रूपैयाँ रहेको छ । आम्दानी बढेको कम्पनीको व्यवस्थापकिय खर्च घटेको छ । अघिल्लो वर्ष ९३ लाख २० हजार रूपैयाँ व्यवस्थापकिय खर्च गरेको कम्पनीले गत वर्ष ४३ लाख ६ हजार रूपैयाँ मात्र यो शिर्षकमा खर्च गरेको छ ।

खुद नाफा बढेको यस कम्पनीको जगेडा कोष रकम भने ३५ करोड ७ लाख ३५ हजार रूपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष ऋणात्मक रकम भने घटाउँदै लगेको छ । अघिल्लो वर्ष कम्पनीको जगेडा कोष रकम ४० करोड ५२ लाख ९५ हजार ऋणात्मक रहेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी ३ रूपैयाँ ८९ पैसा रहेको नेशलन हाइड्रोको प्रतिशेयर नेटवर्थ ७४ रूपैयाँ ६९ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस