aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सात महिनाअघि स्वीकृति पाएको अपि पावरको हकप्रद निष्कासनको बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
सात महिनाअघि स्वीकृति पाएको अपि पावरको हकप्रद निष्कासनको बाटो खुल्यो

काठमाडौं । वित्तीय लगानीको सम्झौताका कारण रोकिएको अपि पावरको हकप्रद निष्कासन प्रकृया अव भने सुरु हुने भएको छ । गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डले अपि पावरलाई वित्तीय लगानीको सम्झौता भएपश्चात मात्र निष्कासन गर्ने शर्तमा ४७ प्रतिशत हकप्रदलाई स्वीकृति दिएको थियो । 

अपिले तेस्रो जलविद्युत आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लाथि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासनमा जोड दिएको हो । 

सर्वसाधारणबाट रकम संकलन गर्नुपूर्व वित्तीय लगानीको सम्झौता गर्न बोर्डले भनेको अपिका अध्यक्ष गुरु प्रसाद न्योपानले जानकारी दिए । कोरोनाका कारण वित्तीय लगानी सम्झौतामा ढिलाई भएको समेत अध्यक्ष न्यौपानेको भनाई छ । अपिले असोज ११ गते आइतवार  ५ अर्ब १८ करोड रूपैयाँ लगानी गर्ने गरी ६ संस्थाहरुसँग सम्झौता गरेको समेत न्यौपानेले जानकारी दिएका छन् । 

हिमालयन बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता गरेको उनको भनाई छ । बोर्डको सर्त अनुसार वित्तीय लगानीको सम्झौता सम्पन्न भईसकेकाले यसै साताभित्र हकप्रद निष्कासनका लागि आव्हान पत्र सार्वजनिक गर्ने न्यौपानेको तयारी छ ।

अपिको यो हकप्रद विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटलले पाएको छ । क्यापिटललका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले वित्तीय सम्झौताको प्रतिवेदन सहित थप विवरण सहितको आव्हानपत्र बोर्डबाट स्वीकृति गराएपश्चात हकप्रद निष्कासन प्रकृया अघि बढ्ने बताए । अब यो प्रकृयाका लागि धेरै समय नलाग्ने तिमिल्सिनको भनाई छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली ,२०७३ मा भएको व्यवस्था अनुसार बोर्डबाट विवरणपत्र, विक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र सार्वजनिक निष्कासन गरिसक्नुपर्ने व्यवस्था छ । अपिको ४७ प्रतिशतले हकप्रदले स्वीकृति पाएको असोज १२ गते सात महिना पुरा भएको छ । यस आधारमा अपिले थप विवरण सहितको आव्हान पत्र बोर्डबाट स्वीकृति गराउनुपर्नेछ ।

कम्पनील माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी रकम जुटाउन तीन वर्षअघिनै दुई सय प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । अपिले २०७४ असार ३० गते पहिलो पटक नेपाल धितोपत्र बोर्डमा १ बराबर २ को अनुपातमा हकप्रद जारी गर्न निवेदन दिएको थियो । बोर्डबाट पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गर्न अपिले अनुमति पाएको हो । कम्पनीले बोर्डको निर्देशनमा आवश्यक प्रकृया पुरा गरी २०७५ पुस ४ गते पुनः निवेदन दर्ता गराएपश्चात स्वीकृति पाएको हो ।  कम्पनीको हाल कायम १ अर्ब १९ करोड ७ लाख रूपैयाँको आधारमा ४७ प्रतिशत हकप्रद शेयर जारी गनै लागेको हो । 

अपिले ४७ प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना बनाएको थियो । चैत ७ गते तय गरिएको साधारण सभा लकडाउनका कारण स्थगित भएको हो । अब प्रस्तावित विषयहरु यथावत रहने गरी गत आर्थिक वर्षको वार्षिक साधारण सभा सँगै संयुक्त सभा गर्ने कम्पनीका अध्यक्ष न्यौपानेले बताएका छन् । अपिले ४७ प्रतिशत हकप्रद र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको थियो । हकप्रदको प्रयोजनका लागि भने सोहि बुक क्लोज लागू हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस