aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

दशैंको अग्रिम टिकट बुकिङको अझै टुंगो लागेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
दशैंको अग्रिम टिकट बुकिङको अझै टुंगो लागेन

काठमाडौं । सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङको  मिति अझै टुंगो लागेको छैन । यातायात ब्यवस्था विभाग र व्यवसायीहरुसँग छलफल नसकिदा अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय हुन नसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

महानिर्देशक हमालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएका कारण पनि विभाग र व्यवसायीबीचमा सहमति नभएको एक यातायात व्यवसायीले बताए । दशैंको अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यो माग सम्बोधन हुनुपर्ने अडान व्यवसायीको माग रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस