काठमाडौं । स्वदेशी पर्यटकलाई लक्षित गर्दै चन्द्रागिरी हिल्स लिमिटेडले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरीले केबुलकारदेखि रिसोर्टमा बस्न अर्थात नाइट ‘स्टे’सम्मका लागि छुटको व्यवस्थापन मिलाएको हो । चन्द्रागिरीले स्वदेशी पर्यटनको गन्तव्य स्थलसम्म छुटको व्यवस्था मिलाएको चन्द्रागिरी हिल्स लिमिटेडका जनरल म्यानेजर अविशेक विक्रम शाहले जानकारी दिए ।
उनले भने ‘कोभिडको यो महामारीमा हामीले स्वदेशी पर्यटनलाई ध्यानमा राखेर यो प्योकज ल्याएका छौं । असोज १ गतेदेखि पर्यटक आउने क्रम बढेको छ । दैनिक एक दुई परिवार आएर यहाँ बसेर जानु हुन्छ ।’ कोभिड महामाही नै भएकोले सोचेजस्तो आन्तरिक पर्यटकको ‘फ्लो’ नभएपनि केही ग्रुप आइ नै रहनु भएको छ । यसले कोभिडका कारण थलिएको अर्थतन्तलाई उकास्न केही गति दिनेछ । कोभिडको यो महामारीमा विदेशी पर्यटक आउने सम्भावना कम भएकोले हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर यो प्याकेज ल्याएका हौं,’ उनले थपे ।
चन्द्रागिरीले आम नेपाली ग्राहकलाई लक्षित गर्दै तीन प्रकारको प्याकेज सार्वजनिक गरेको छ । चार वटा ब्लक रहेको रिसार्टमा तीन प्रकारका एक वटा कोठा र दुई वटा मिटिङ हल र एउटा ठूलो कन्फरेन्स हल छ । कन्फरेन्स हल भने बन्ने तयारीमा रहेको शाहले बताए।
उक्त प्याकेजअन्तर्गत स्वीट रुममा बस्न चाहने अतिथिले एक रातको साढे ६ हजार, डिलक्स रुपको साढे ७ हजार र एजुकेटिभ रुममा बस्न चाहेनले ९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँ दिएको सेवा सुविधा अत्यन्तै सस्तो हो । उहाँहरूले रुममा बस्न र भोलिपल्टको ब्रेक फाष्ट त्यसैको प्याकेजमा पाउनु हुनेछ भने लञ्च तथा डिनर भने अतिथि आफैले रोजेर मन लागेको खान पाउनु हुने जनरल म्यानेजर शाहले बताए । 
२०७३ साउनअन्तिम साता चन्द्रागिरी केबरकार सञ्चालनमा आएको भएता पनि रिसोर्ट सञ्चालनमा आएको भने १ वर्ष पुग्दैछ । अहिले रिसार्ट फूलफेजमा सञ्चालनमा आएपनि कोभिडको असर परेको छ ।
धार्मिक महत्व
चन्द्रागिरी केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिर छ । जहाँ श्रीस्वस्थानी .वर्तकथामा उल्लेख भएबमोजिम देवादीदेव महादेवको पत्नी सतिदेवीको निधार(भाल) पतन भएको मानिन्छ । भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ ।
चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ । यसले गर्दा पनि यो स्थान अत्यन्त महत्वपूर्ण धार्मिक स्थल हो । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरी २५५१ मिटरको उचाइमा छ ।
ऐतिहासिक महत्व
चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यका अवलोकन गरेका इतिहासविदहरु बताउँछन् । पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास छ ।
प्राकृतिक सौन्र्दयको नमूनास्थल
चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम स्थल हो । घना जंगलले ढाकिएको चन्द्रगिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षण–क्षणमै बदलिने यहाँको मौसमको आफ्नै विशेषता छ ।
चन्द्रागिरी चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट गौरी शंकर, गणेश तथा मनास्लु हिमालसमेत अवलोकन सकिन्छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस