aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्स्योरेन्सले संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
नेको इन्स्योरेन्सले संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक समूह तर्फको शेयर लिलामी प्रकृषबाट असोज २० गतेदेखि विक्री खुला गर्ने भएको छ । कम्पनीले कात्तिक ४ गतेसम्म बोलपत्र पेश गर्ने गरी १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता शेयर विक्री खुला गर्न लागेको हो । यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रूपैयाँ तोकिएकाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता खरिदको माग गर्न सकिनेछ ।

 १० लाख रूपैयाँ सम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र १० लाख रूपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदनमा उल्लेख गर्नुपर्ने कम्पनीको भनाई छ । यो शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस