काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ । गत बिहीबार बीमा समितिले पाण्डेको नियुक्तिमा सहमति दिएको सम्बद्ध समिति उच्च स्रोतले बताएको छ ।
दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनी संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप प्रकाश पाण्डेलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो । उक्त कम्पनीले पठाएको सहमतिलाई हामीले स्वीकृत गरेको हो । यो अप्ठ्यारो बेलामा मलाई पुनःकार्यभार सम्हाल्न जिम्मेवारी दिएको छ, तर अहिले पाइलैपिच्छे चुनौती भएको सीईओ पाण्डेले बताए ।
निरन्तरता दिने निर्णय गरेको छ । पाण्डेलाई सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय सहित बीमा समितिमा स्वीकृतीको लागि इन्स्योरेन्स कम्पनीले पठाएको हो । दुई साता अघि बीमा समिति पुगेको पाण्डेको पुनर्नियुक्ति कानुन सम्बत नै हुने भन्दै समितिले पनि उनको नियुक्ति प्रक्रियालाई अघि बढाएको थियो ।
पाण्डेलाई यसअघि २०७३ कार्तिक ११ गते नियुक्ति दिँदा अन्तिम पटक भनेर सीईओमा नियुक्त गरिएको थियो । यसअनुसार पाण्डेको ४ वर्षे कार्यकाल यहि कार्तिक ११ बाट सकिदैछ । बीमा समितिले त्यति बेला दिएको पत्र अनुसार उनलाई अन्तिम पटक सीईओमा नियुक्त गरेको थियो ।
‘पाण्डेको पुनर्नियुक्तिको विषयलाई लिएर कानुनी आधारहरू खोजिरहेको छौं,’ समिति उच्च स्रोतले भन्यो ‘कानुनी प्रावधानको गहन अध्ययन गरेर निर्णय लिन्छौं । पाण्डेलाई त्यति बेला बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०६९ अनुसार अन्तिम पटक भनेर नियुक्ति दिइएको हो, अहिले २०७५ सुशासन कार्यविधि लागू भएको छ । यी दुबै कानुनी व्यवस्थालाई केलाएर समितिले निर्णय गरेको छ ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को परिच्छेद–५ मा बीमा कम्पनीहरूको कार्यकारी प्रमुख तथा विभागीय प्रमुख सम्बन्धी व्यवस्थाको दफा (६) को उपदफा (१) बमोजिम कार्यकारी प्रमुखको नियुक्त गर्दा निजको पारिश्रमिक र सुविधा तोकी बढीमा ४ वर्षसम्मको लागि करारमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैको दफा ७ ले बीमक कम्पनीले निजको कार्य सम्पादनको आधारमा थप एक कार्यकालको लागि पदावधि थप गर्न सक्ने व्यवस्था गरेकोले बीमा समितिले यसैको आधारमा उनलाई पुनर्नियुक्ति दिइएको हो ।
समितिले यसलाई स्वीकृत गर्छ वा नयाँ व्यक्तिलाई नियुक्त गर्छ ? त्यो हेर्न बाँकी छ । यद्यपि बीमा क्षेत्रमा अनुभवी पाण्डे योग्य र क्षमतावान सीईओका रुपमा चिनिन्छन् भने उनी शिखर इन्स्योरेन्सका स्थायी कर्मचारी पनि हुन् ।
प्रतिक्रिया दिनुहोस