
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले कात्तिक पाँच गते २९ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कार्यालय झम्सिखेल ललितपुरबाट भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।
सभामा भाग लिन चाहनेहरुका लागि भर्चुअल उपस्थितिका लागि व्यवस्था मिलाईने कम्पनीको भनाई छ । सभाले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, आय व्यय विवरण र सोही अवधिको नगद प्रवाह विवरण समेत छलफलका लागि सभामा पेश हुनेछ ।
सभाको विषेश प्रस्तावमा हालको ३ करोड रूपैयाँ जारी पूँजीलाई बृद्धि गरी ५ करोड रूपैयाँ पु¥याउने रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यसर्थ कम्पनीको १० प्रतिशत नगद लाभांश र सभामा भाग लिन असोज २२ गतेभन्दा अघिल्लो कारोबार दिन असोज २१ गतेसम्म शेयर कायम हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस