aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोटर बीमा तेश्रो पक्षको बीमा पनि पुल मार्फत हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
मोटर बीमा तेश्रो पक्षको बीमा पनि पुल मार्फत हुने

काठमाडौं । मोटर बीमा अन्तर्गत तेश्रो पक्ष बीमालेख जारी गर्दा देखिएका विसंगति तथा विकृतिलाई व्यवस्थित  तथा बीमा व्यवसाय लाई मर्यादित बनाउने अभिप्रायले नियमनकारी निकाय बीमा समितिका  पदाधिकारीहरुको समुपस्थितिमा नेपाल बीमक संघले मोटर बीमाको तेश्रो पक्ष बीमा पुल सञ्चालनमा  ल्याएको छ । 

नेपालमा कार्यरत २० वटै निर्जीवन बीमा कम्पनीहरु मार्फत समानुपातिक तवरबाट  व्यवसाय गर्ने निर्णय भएबमोजिम यस कम्पनीलाई भक्तपुर, विरगञ्ज र पाल्पा स्थित यातायात  कार्यालय नजिक विस्तारित काउण्टर/उप शाखामार्फत तेश्रो पक्ष बीमालेख जारी गर्ने जिम्मेवारी  रहेको छ । यसै सन्दर्भमा आइतबार भक्तपुरमा उप शाखा कार्यालय  संचालनमा ल्याइएको छ । 

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले उक्त उपशाखाको उद्घाटन गर्दै सरकारी  स्वामित्व रहेको कम्पनी मार्फत यातायात कार्यालयमा तेश्रोपक्ष बीमा गर्न आउने  सेवाग्राहीहरुको लागि चुस्त,दुरुस्त,छिटो र उच्च स्तरको सेवा प्रवाह हुने बताए ।  

साथै, उक्त  कार्यक्रममा कम्पनीको उक्त उपशाखाबाट तेश्रोपक्ष बीमालेख खरिद गर्ने पहिलो ग्राहकलाई प्रमुख  कार्यकारी अधिकृतको हस्तक्षरित बीमालेख समेत हस्तान्तरण गरिएको थियो । COVID -19 का कारण  कम्पनीले औपचारिक कार्यक्रम आयोजना गर्न नसकेतापनी उक्त कार्यक्रममा कम्पनीका उच्च पदस्त  कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस