aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बैंक अफ काठमाण्डूको लिलामी शेयरको बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
बैंक अफ काठमाण्डूको लिलामी शेयरको बाँडफाँट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लिलामी प्रकृयाबाट विक्री गरेको संस्थापक शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँट गरेको छ । बैंकले भदौ ३० देखि असोज ४ गते संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गरेको थियो । 

प्रारम्भिक बाँडफाँटमा परेका आवेदकहरुको बैंक अफ काठमाडौंको स्वीकृति पश्चात मात्र अन्तिम बाँडफाँट भई खरिद विक्रीको कार्य अघि बढाईने विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाई छ । 

साथै प्रारम्भिक बाँडफाँटमा नपरेको शेयर वापतको रकम असोज १४ गतेदेखि आईपीएस मार्फत आवेदकहरुले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । बैंक अफ काठमाडौंको संस्थापक शेयरको न्यूनतम मूल्य रू. १४० तोकिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस