काठमाडौं । सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर(आईपीओ) विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । हाल कम्पनीको चुक्तापूाजी१ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात यो पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
विक्री प्रबन्धक नियुक्ती गरेसँगै अब कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रकृया अघि बढाउने बताएको छ । कम्पनीले नयाँ दश जीवन बीमा कम्पनीहरुमध्य सबैभन्दा धेरै रकमको आईपीओ विक्री गर्न लागेको हो । पछिल्लो समय १० नयाँ जीवन बीमा कम्पनी बीमा बजारमा भित्रिएका हुन । यी मध्य रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ विक्री गरी दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ ।
आईपीओ निष्कासनको तयारी गरेको यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा २० करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतिशत बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रतिक्रिया दिनुहोस