
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा ८ लाखभन्दा बढीको आवेदन परेको छ । आवेदक संख्याको हिसावमा हालसम्मकै बढी रेकर्ड जनरलले राखेको हो । यस यस अघि रिलायन्स लाइफको आईपीओमा करिव ६ लाख जनाले आवेदन दिएका थिए । हालसम्मकै उच्च आवेदन जनरल इन्स्योरेन्सको आईपीओमा देखिएको हो ।
विक्री विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधवार साझ ५ बजेसम्म ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन । जुन मागभन्दा ८ दशमलव २८ गुणा बढी हुन आउँछ । बुधवार राती १२ बजेसम्म आवेदन दिन सकिने हुदाँ यो संख्या अझ बढ्ने विक्री प्रबन्धकको भनाई छ ।
जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
यस कम्पनीले कुल ३० लाख कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि असोज १४ भित्रै कम्पनीको आईपीओ विक्री बन्द भएको छ ।
यो आईपीओ गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ताका दरले हात पार्नेछन् । सबै आवेदनको आवेदन सदर भए ५ लाखभन्दा बढीको हात खाली हुने देखिएको छ । बीमा कम्पनीहरुको दोस्रो बजारमा शेयरमूल्य राम्रो भएकाले पनि प्राथमिक बजारमा यी कम्पनीको शेयर खरिदमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस