aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सारेगमपको फाइनलमा प्रितमले बाजी मार्लान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
सारेगमपको फाइनलमा प्रितमले बाजी मार्लान ?

काठमाडौं । भारतीय टेलिभिजन जी टिभीको  'रियालिटी शो सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणको आइतबार  राती फाइनल कार्यक्रम हुँदै छ । गतहप्ताको कार्यक्रमबाट नेपाली दुई जना सहित ६ जना फाइनलमा प्रवेश गरेका थिए । ६ जनामध्ये नेपाली आयुष केसी र प्रितम आचार्य फाइनल पर्न सफल भएका छन् । 

उनीहरुसँगै ६ जनामा आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दते फाइनलमा पुगेका थिए । अब आजको प्रस्तुतीले कसले  फाइनल नतिजा आफ्नो हातमा पार्ने हो त्यो भने हेर्न बाँकी छ ।  

बोर्डर चलिचित्रको सन्देशे आते हेदेखिको यात्रामा प्रितमको प्रस्तुती अब्बल देखिदै आएको छ । गतहप्तामा अमूल पर्फर अफ द विक भएका थिए । त्यस्तै यसभन्दा पहिला उनका प्रस्तुतीले जल र ज्युरी सबैको मन तित्न सफल भएका छन् । इटहरी निवासी प्रितम आयार्चले नेपालमा समेत पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिता सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्येका एक हुन् । 

सेमी फाइनलबाट ६ जनाको नाम छनौटका बेलामा समेत जजको पहिलो नम्बरमा परेका प्रितिम आचार्यले यस पटकको सारेगमप टाइटल जित्ने सम्भावना रहेको छ । 

उत्कृष्ठ नौ जनाका अन्य सहभागीलाई उछिन्दै केसी र आचार्य दुबै फाइनलमा पुगेका हुन् । गतहप्ता प्रितिम आचार्यले 'हम दिल दे चुके सनम'को  'तडप तडप के इस दिलमे'  गीत गाएर निर्णयक मण्डल र जुरीको मन तित्दै फाइनलमा प्रवेश गरेका हुन भने आयूष केसीले 'क्रिमिनल' चलचित्रको 'तु मिले दिल खिले' नामको गीत गाएका थिए । दिल्लीमा अडिसन दिन आयुष र प्रितम सागै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।    
 

प्रतिक्रिया दिनुहोस