aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दुई रुपैयाँ नहुँदा अमिताभ बच्चन  क्रिकेट टिममा परेनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
दुई रुपैयाँ नहुँदा अमिताभ बच्चन  क्रिकेट टिममा परेनन

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन कौन बनेगा करोडपतिको १२ औं सत्रको साथ तयार भइरहेका छन् । यस कार्यक्रमको केहि एपिसोड प्रसारित भयो र अमिताभ प्राय जसो आफ्नो जीवनसँग सम्बन्धित रोचक चीजहरू आफ्ना फ्यानहरू र प्रतियोगीहरूसँग सर्वाजनिक गर्दै आएका छन् । हालसालै, अमिताभले आफुको बारेमा त्यस्तै कथा सुनाएका छन् । जसमा उनले केबल दुई रुपैयाको अभावमा स्कूल क्रिकेट टीममा भाग लिन नपाएको बताएका छन् ।

हटसिटमा बसेका जय कुरुक्षेत्रले आफ्नो बारेमा कथा सुनाएपछि अमिताभले पनि एक किस्से सुनाएका हुन । जयले आफू बच्चा भएका बेलामा आफ्नो लागि ७ रुपैयाँको खाजा किन्न खोज्दा ५ रुपैयाँ मात्र आफूसँग भएको बताएका थिए । त्यसपछि अमिताभल उनको जीवनमा पनि एक चरणमा २ रुपैयाँ कति महत्वपूर्ण थियो भन्ने किस्सा सुनाए ।  

उनी सानो छँदा उनी स्कूलको क्रिकेट टीममा भर्ना हुन चाहन्थे तर यसको लागि २ रुपैयाँ आवश्यक परेको थियो उक्त २ रुपैयाँ नभएका कारण उनी विद्यालयको क्रिकेट टिम नपरेको कथा सुनाएका थिए । यो घटनाले उनलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो उनले भने । २ रुपैयाँको मूल्य के हो, हामीलाई आज पनि याद आउँछ छ । 

प्रतिक्रिया दिनुहोस