
एजेन्सी । विश्व कफी दिवस प्रत्येक वर्ष १ अक्टुबरमा मनाइन्छ । यो मनाउने उद्देश्य कफि व्यवसायलाई प्रमोट गर्नु हो । कफिले शरीरमा तत्काल ऊर्जा दिन काम गर्दछ । यही कारणले अधिकांश व्यक्तिहरू आफ्नो दिनको सुरुवात कफी पिएर गर्छन्। यस बाहेक, कफी पिउनका अन्य धेरै फाइदाहरू छन् ।
कलेजोका लागि फाइदाजनक भएको विज्ञहरुको बताएका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार दुध, चिनी बिना दिनमा दुई वा तीन कप कफी पिउँदा कलेजोको रोगको जोखिम कम हुन्छ । विज्ञका अनुसार कफिले कलेजोको क्यान्सर हुने सम्भावना पनि कम छ । यदि कसैलाई पहिले नै कलेजोको रोग छ भने पनि कालो कफी पिउँदा पनि उनीहरूको लागि लाभदायक हुनेछ ।
वजन घटाउँछ कफी मद्दत गर्छ । कफीमा म्याग्नीशियम र पोटेशियम पाइन्छ । यी दुवै चीजहरूले मोटाई नियन्त्रण गर्दछ ।
कफी मुटुसम्बन्धी रोगहरूमा फाइदाजनक मानिन्छ । कफीको सेवन मुटु रोगीहरूका लागि पनि धेरै फाइदाजनक हुन्छ । कफिले पनि हृदयघातको जोखिम कम गर्दछ ।
कफी सेवन गर्नाले मधुमेह बिरामीहरूका लागि लाभदायक हुने चिकित्सकहरु बताउछन् । मधुमेह आज विश्वभरी एउटा साधारण समस्याका रुपमा धेरैमा रहेको छ । कफीमा पाइने क्याफिनले रगतमा चिनीका मात्रा कम गर्दछ । त्यसकारण, बिरामीहरूका लागि कफी उपभोग गर्नु लाभदायक छ ।
कफी नियमित पियनेको छालामा लाग्ने रोगहरु लागि पनि लाभदायिक हुने चिकित्सकहरु बताउछन् । कफिमा पाइने क्याफिनले आँखाको एलर्जी र अँध्यारो घेरा पनि हटाउँछ । त्यसकारण यो भनिन्छ कफी पिउँदा छाला राम्रो हुन्छ । यो मात्र होईन, कफि फेसप्याक प्रयोग गर्नाले छाला पनि सुधार गर्दछ।
प्रतिक्रिया दिनुहोस