aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी क्यापिटलले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
सेञ्चुरी क्यापिटलले लाभांश दिने

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले कात्तिक ६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले काठमाडौं प्लाजा, कमलादी, काठमाडौंमा दिनको १ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वासलत, नाफानोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगाएतका वित्तीय विवरणहरु पारित गर्नेछ । 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ दशमलव २० प्रतिशतका दरले रू. ८४ लाख रकम नगद लाभांश वापत वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभामा भाग लिन इच्छुक शेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्ने क्यापिटलले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस