aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

टेलिकमको कुल शेयरको मूल्य यो साता ९० करोडले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ असोज २०७७
टेलिकमको कुल शेयरको मूल्य यो साता ९० करोडले घट्यो

, काठमाडौं । धितोपत्र बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी कुल बजार पूँजीकरण रहेको नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको कुल पूँजीकरण रकम यो साता घटेको छ । गत साताको अन्तिम कारोबार दिन १ खर्ब ६ अर्ब ५० करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन १ खर्ब ५ अर्ब १५ करोड  रुपैयाँमा झरेको हो । 

सातामा नेपाल दुरसञ्चार कम्पनीको कुल शेयरको मूल्य  ९० करोड  रुपैयाँले घटेको हो । गत साता प्रतिकित्ता अन्तिम मूल्य  ७०७  रुपैयाँ  रहेको यस कम्पनीको यो साता प्रतिकित्ता ७०१  रुपैयाँ  कायम भएको हो । साताको कारोबारमा प्रतिकित्ता ६  रुपैयाँले कम्पनीको शेयरमूल्यमा कमि आएको हो ।

यस कम्पनीको १५ करोड कित्ता शेयर दोस्रो बजारमा सुचीकृत रहेको छ । जुन सूचीकृत कम्पनीहरुमध्यकै सबैभन्दा बढी कित्ता हो । यो साता सर्वाधिक बजार पूँजीकरण भएको १० कम्पनीहरुमध्य एक कम्पनीको स्थिर रहेको छ भने बाँकी नौं कम्पनीको घटेको छ । 

एनआईसी एशिया बैंकको शेयरमूल्य स्थिर रहेको हो । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता अन्तिम मूल्य ५७९ रुपैयाँ  रहेको एनआईसी एशिया बैंकको शेयर मूल्य यो साताको त्यतिनै कायम भएको छ । साताको कारोबारमा यस बैंकको शेयरमूल्य उच्च  ५८०  रुपैयाँसम्म पुगेको थियो । यो साता गत साताको भन्दा कुल बजार पूँजीकरण रकम भने १३ अर्ब २ करोड १० लाख  रुपैयाँले बृद्धि भएको छ ।

गत साताको अन्तिम कारोबार दिन २० खर्ब ८० अर्ब १२ करोड ८० लाख  रुपैयाँ रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन २० खर्ब ९३ अर्ब १४ करोड ९० लाख  रुपैयाँ पुगेको हो । 


 

प्रतिक्रिया दिनुहोस