काठमाडौं । हुन त कोभिडको संक्रमणको मिटर चड्दै गएपछि स्वास्थ्य मन्त्रालयले दशैंमा घर नजानुस् अर्थात सुरक्षित भएर जहाँ हुनुहुनुहुन्छ त्यहि बस्नोस भनिरहेको छ । तरm नजिकिएको दशैं र कोभिडको त्रासले आम मानिसहरू कहिले गाडी खुल्छ र घर जान पाइन्छ भनेर कुरिरहेका छन् ।
शहरमा बाच्ने आधार सकिदै गएपनि उनीहरू गाउँमा फर्किन चाहेका हुन् । उनीहरूलाई सहज प्रक्रियाबाट सेवा दिन सरकार लागि परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हवाई उडान पूर्ण क्षमतामा सञ्चालनमा आइरहेका कारणले यात्रुहरूलाई सोही अनुसारको सेवा दिने प्रक्रिया मन्त्रालयले अघि बढाएको छ ।
यसलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो र मध्यम दूरीको सार्वजनिक सवारीसाधन पूर्ण सिट क्षमतामा सञ्चालनका लागि सीसीएमसी (कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा प्रस्ताव गरेको गरेको छ । सीसीएमसीबाट पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय भएमा भाडादर पनि पुरानो नै भएकोले यात्रुलाई पनि राहत मिल्ने मन्त्रालय स्रोतले बताएको छ ।
यातायात व्यवसायीले पनि सार्वजनिक सवारीसाधानमा पनि पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने माग गर्दै आएको छ । ५० किलोमिटरदेखि २ सय ५० किलोमिटरसम्मको दूरीमा चल्ने सवारीसाधनलाई मध्यम र २ सय ५० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सवारीसाधनलाई लामो दूरी मानिएको छ ।
सरकारले कोरोना संक्रमणका बेला सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्नुपर्ने र भाडा भने तत्कालीन तोकिएको भाडादरको ५० प्रतिशत थप लिन पाउने निर्णय गरेको थियो । ‘अहिले लामो यात्रामा सिट क्षमताबराबर यात्रु राख्ने र ५० प्रतिशत थप भाडा तिर्नुपर्ने अवस्था अन्त्य गरी यात्रुलाई सहज बनाउन पनि नयाँ व्यवस्था गर्ने प्रक्रिया मन्त्रालयले अघि बढाएको हो ।
सबै सिटमा यात्रु राख्ने र ५० प्रतिशत थप भाडा लिने विकृतिसमेत देखिएको बताए । त्यसलाई समाधान गर्न पनि स्वास्थ्य मापदण्डलाई कडाइ गरेर पूर्ण क्षमतामा यात्रु राख्दा सहज मन्त्रालयले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले आसन्न चाडपर्वलाई ध्यानमा राखेर सवारी सञ्चालन सहज बनाउन लागिएको बताए ।
टुरिष्ट बसको टिकट अनलाइन
टुरिष्ट बसको सबै टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ । नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरूले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने गरी अनलाइन बिक्री गर्न सम्झौता गरेका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)ले आफ्ना सम्पूर्ण बसहरूको टिकट अनलाइनमार्फत बिक्री गर्ने गरी इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) सँग सम्झौता गरेको छ ।
प्रतिक्रिया दिनुहोस